कात्तिक ९, काठमाडौँ । बुधबार नेपाल रास्ट्र बैंकले तोकेको विनिमयदर अनुसार जापानीज १० यनको खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।
यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रिदर ३२ रुपैयाँ तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २९ र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ
कुवेती एक दिनारको खरिददर ३ सय ८५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३ सय ८७ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।