१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट आर्थिक समृद्धि: डा महत

९ कार्तिक २०७५, शुक्रबार ११:१९

कात्तिक ९, पोखरा | नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । 

नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा आज यहाँ आयोजित पार्टीको आर्थिक नीति सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिका लागि स्रोतसाधनको उपयोग र उद्यमशीलता आवश्यक हुनेमा जोड दिनुभया्े । 

बिपीको समाजवादी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्दै सहमहामन्त्री डा महतले काङ्ग्रेसले त्यसलाई आत्मसात गर्न नसकेको बताउनुभयो । आर्थिक समृद्धिका लागि सरकार मात्र नभै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिँदै उहाँले सम्बद्ध सबैको सहकार्यमा आर्थिक विकास सम्भव भएको बताउनुभयो । वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको नेता महतको आरोप थियो । 

काङ्ग्रेस केन्द्रीय सदस्य एनपी सावदले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको प्रति गम्भीर बन्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले बिपीको समाजवादी चिन्तनलाई आत्मसात गर्दै उद्यमशीलताको विकास एवं स्रोतसाधनका्े उपयोग गर्न सके आर्थिक विकास सम्भव हुने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, डा विजन पन्तलगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी