२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक उपलब्धिलाई आर्थिक विकासमा केन्द्रित गरेका छौँ : अध्यक्ष प्रचण्ड

२०७५, ९ कार्तिक शुक्रबार १५:३८

 कात्तिक ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिको दिशामा केन्द्रित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । 

भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘नागरिकको घोषणापत्र ः विचार मन्थन’ विषयमा आज प्रवचन दिँदै उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणामार्फत गरीबी, अशिक्षा, भोकमरीबाट मुक्त गर्ने र विकासका आवश्यकता परिपूर्तिका लागि साधन तथा स्रोतको परिचालनमा विशेष ध्यान दिइएको बताउनुभयो । 

संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक सङ्क्रमणकालको अन्त्य गरिएको, तीन तहै निर्वाचनपश्चात् राजनीतिक स्थिरता कामय भएको जानकारी दिँदै उहाँले विकास र समृद्धिका लागि आफूहरु दृढताका साथ अगाडि बढेको स्पष्ट पार्नुभयो । 

नेपाली जनताको भावना र आकांक्षाअनुसार संविधानमा सुधार गर्न सकिने बताउँदै अध्यक्ष प्रचण्डले संविधानले नागरिक मूल्य र मान्यता तथा राष्ट्रिय पहिचानलाई दरिलोसँग ग्रहण गरेको दाबी गर्नुभयो । 

सशस्त्र जनयुद्धमार्फत उठेको जनताको मनोबल ऐतिहासिक शान्ति सम्झौतामार्फत संस्थागत भएको भन्दै उहाँले सामाजिक, राजनीतिक मागलाई संविधानमार्फत जनताले स्वामित्व लिएको बताउनुभयो । 

आफूले राजनीतिक उतारचढावलाई नियालेको प्रष्ट पार्दै उहाँले ऐतिहासिक शान्ति प्रक्रिया तथा प्रजातान्त्रिक परिवर्तनलाई ‘नागरिक घोषणापत्र’ मार्फत संस्थागत गरेको स्पष्ट पार्नुभयो । 

विकासको गतिलाई माथि उठाउन छिमेकी तथा विश्वका भाइचाराको महत्वपूर्ण सहयोग प्राप्त भएकोप्रति आभार व्यक्त गर्दै उहाँले त्यस्ता सहयोग निरन्तर रहने बताउनुभयो । 

उहाँले भन्नुभयो, “मलाई कुनै शङ्का छैन, तपाईहरु सबै शान्त र समृद्ध नेपालको पक्षमा हुनुहुन्छ । नेपालले शान्ति, स्थायित्व र समृद्धिका दिशामा दक्षिण एशिया मात्र नभई विश्वलाई नै योगदान दिन सक्छ ।” 

उहाँले नेपाल र भारतबीच ऐतिहासिक वास्तविकता रहिआएको उल्लेख गर्दै भन्नुभयो, “हामीहरु भौगोलिक, धार्मिक, सांस्कृतिक एवं व्यापारिक दृष्टिकोणले एक आपसमा बाँधिएका छौँ । हामी छिमेकी मात्रै होइनाँै, नजिकको मित्र पनि हौँ ।” 

अध्यक्ष दाहालले जनता–जनताबीचको अन्तक्र्रिया आदानप्रदान दुई देशबीचको अलौकिक सम्बन्धको चूरो भएको बताउँदै यसलाई सौहाद्र्र, हार्दिकता, सहकार्य, समान सार्वभौमिकताप्रतिको आपसी सम्मानको जगलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । 

नेपाल र भारतले आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समयको बहाव तथा जनताको आकांक्षाअनुसार सम्बन्धले थप नयाँ उचाइ लिनेछ ।” अध्यक्ष दाहाल आज बिहान मात्रै सोही सम्मेलनलाई सम्बोधन गर्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । रासस

––– 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै