2026-07-24 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौचनको हत्यामा संलग्न तीन पक्राउ

कात्तिक १२, काठमाडौँ (रासस) | महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई पक्राउ गरेको हो । महाशाखाले झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई आज पक्राउ गरेको हो । 

महाशाखाले आजै पत्रकार सम्मेलन गरी युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र गौचन हत्यामा संलग्नलाई पक्राउ गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले गौचनको हत्याका सुटरको रुपमा अम्बरबहादुर राना र तिवारीको हत्याको सुटरका रुपमा लोप्साङ रहेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “विसं २०७३ चैतमा काठमाडौँ बौद्धस्थित दिव्य पार्टी प्यालेसको जिम क्लबअगाडि दावा लामालाई गोली प्रहार गर्नेसमेत अम्बरबहादुर राना नै रहेको अनुसन्धानमा खुलेको छ,”उहाँले भन्नुभयो । 

लामा र गौचनको सुटर राना विस २०७२ मा कालीध्वज गण, इलामबाट नेपाली सेनाका भगौडा सिपाई रहेको महाशाखाले जनाएको छ । यी तीनैजना कारागारमा रहेका समिरमानसिंह बस्नेत र प्रहरी मुठभेडमा मारिएका मनोज पुनको निर्देशनमा विभिन्न समयमा हत्या र ज्यान मार्ने उद्योगमा संलग्न रहेको महाशाखाले जनाएको छ । 

प्रहरीले यसअघि घटनामा संलग्न रहेको भन्दै ११ जनालाई पक्राउ गरेपनि मुख्य सुटर भने पक्राउ गर्न सकेको थिएन । पक्राउ परेका तीनैजनालाई मङ्गलबार (भोलि) काठमाडौँ जिल्ला अदालतमा बुझाइने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक