2026-10-29 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा एम्वुलेन्स ल्याईँन्छ तर संचालनमा ल्याईदैन

प्रेम सुनार | कार्तिक–१३, बुटवल ।  ग्रामिण भेगमा एम्वुलेन्सको निकै खाँचो छ । त्यसैले देश विदेशमा रहेकाहरुले समेत आ–आफ्नो परिवारको गास काटेर गाउँमा एम्वुलेन्स सेवा उपलब्ध गराएका छन । तर ती एम्वुलेन्सहरुको प्रभावकारी सञ्चालन हुन सकेको छैन ।

गुल्मीको साविक  पिपलधारा गाविसमा २०७३ख बैशाख देखि सञ्चालनमा आएको एम्वुलेन्स दुई बर्ष नपुग्दै थन्कीएको छ । देश विदेशमा रहेका पिपलधाराबासीले एम्वुलेन्स सञ्चालन कै निम्ति पिपलधारा चौतरी बिश्स बिश्व सञ्जाल गठन गरे ।   कृष्ण खनाल, महेन्द्र गौतम , शालिकराम बिश्वकर्मा , रविन महत , रामबहादुर खड्का , बाबुराम थापा लगायतका युवाहरुले सामाजिक सञ्जाल मार्फत अभियान छेडेर सञ्चालनमा ल्याएको एम्वुलेन्स   गत तीन महिना देखि  थन्कीएकोको हो ।

‘एम्वुलेन्स सञ्चालक  समिति अस्तव्यस्त बन्यो । अधिकांस निस्कृय बन्दै गए ’–पिपलधारा स्वास्थ्य चौकी प्रमुख प्रेम खनालले भन्छन –‘त्यही समिति पनि विघटन भयो । एम्वुलेन्स सञ्चालनको खर्च पुराउनै गाह्रो भएको छ । त्यसका चालक रामबहादुर खड्काले पनि आफ्नै गल्तीले राजिनामा दिए । उनले मानिस ओसार पसार गरेको पैसा समितिलाई नदेखाई  आफै खर्च गरेको  पत्ता लागे पछि राजिनामा दिएका हुन ।

उनले थपे–‘  अहिले  एम्वुलेन्स सञ्चालनको बचत रकम १ लाख १८  हजार २ सय करिव रहेको छ । त्यसले मर्मत खर्चर चालकलाईतलव खर्च पुराउन मुस्कील परेको छ । ग्रामिण भेगमा फोर विल गाडी नभए चलाउन गाह्रो  यहाँको एम्वुलेन्स टु विल हो । फोर विलले विरामी बढि झ्याक्ने भएकोले टु विल एम्वुलेन्स ल्याईदो रहेछ ।’

धुर्कोट गाउँपालिका स्वास्थ्य विभाग प्रमुख समेत रहेका खनालले छिमेकी नयाँगाउँमा  पनि एम्वुलेन्स खासै नियमति चल्न नसकेको उनले बताए ।  हाल सम्म जिल्लामा नयाँ  सिफारिस प्रकृयामा रहेका ४  वटा बाहेक  २९ वटा एम्वुलेन्स सञ्चालनमा ल्याएको जिल्ला जनस्वास्थ्य अधिकृत उ  त्तम कुमार कोईरालाले जानकारी दिए । उनले जोहाङ्गमा रहेको एम्वुलेन्स पनि सञ्चालन गर्न छाडिएको बताए ।

सधै विरामी नपाईने , साविकका गाविस पिच्चे एम्वुलेन्स सेवाको लहरले एम्वुलेन्स धेरै  विरामी कम हुने गरेका कारण पनि एम्वुलेन्स सेवा नियमित हुन नसकेको सरोकारवालाको बुझाई छ ।

पछिल्लो चरण हालै ईस्मा गाउँपालिका आफैले खरिद गरी वडा नम्वर २ हस्तीचौरमा एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

मदाने गाउँपालिकाले पनि दुई वटा एम्वुलेन्स खरिद प्रकृया अगाडी बढाएको छ । यसरी एम्वुलेन्स सेवा वडा पिच्चे भन्दा पनि भेग मिलाई सञ्चालनमा ल्याउन सके प्रभावकारी सञ्चालनमा आउने सरोकारवालाको बुझाई छ ।

करिव १० लाख मुल्यमा खरिद गर्न सकिने एम्वुलेन्समा सरकारले झण्डै ३० लाख बराबरको भन्सार छुट गरी दिने भएकोले पनि एम्वुलेन्स खरिदमा आकर्षण बढेको पाईन्छ ।  जिल्लाका धेरै स्थानमा रहेका एम्वुलेन्सहरु नियमित सञ्चालनमा आउन नसक्दा कतै समितिले ऋणमा चलाई रहेको त कतै कहिले कसो मात्रै सञ्चालनमा  ल्याउने र थन्काउने गरिएको बताईन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ