२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आउदो निर्वाचनमा कांग्रेस नम्बर एक पार्टी बन्छ: नेता कोइराला

१३ कार्तिक २०७५, मंगलवार १२:२९

चिसाङ शेर्पा | कार्तिक १३, खोटाङ | नेपाली कांग्रेसका नेता तथा केन्द्रिय महामन्त्री डाक्टर शशांक कोइरालाले आउदो निर्वाचनमा नेपाली कांग्रेस नम्बर एक पार्टी बन्ने बताएका छन् । भविष्यवाण्ी नगरेको बताउदै कांग्रेसको भविष्य राम्रो भएको र त्यसका लागि एकताबद्ध भएर अघाडी बढेमा कांग्रेसलाई कोही कसैले छेक्न नसक्ने बताए ।

जिल्लाको जन्तेढुंगा गाउपालिका–५ चिसापानीमा निर्माण गरिएको जननायक विश्वेश्वर प्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण कार्यक्रमपछि सम्बोधनका क्रममा महामन्त्री एवम् डाक्टर कोइरालाले गिरिजाप्रसाद पनि आफ्नो छाया देखेर र्तसन्थे, छायाँ भनेको आफ्नै साथीहरु हो । नेपाली कांग्रेसभित्र पनि गुटबन्दी छ । त्यसलाई तत्काल झिक्न, फाल्न सकेर नेपाली कांग्रेस जुनदिन एक हुन्छ नि ? त्यो दिन नेपाली कांग्रेस यहाँको सत्तामा अवश्य जान्छ,जान्छ ।

१८ महिने वीपीको कार्यकालमा सानासाना सपना पनि राजा महेन्द्रले कु गरेर उल्टै जेलमा थुने । म उहाँको सुपुत्र भएको नाताले मेरो अबको सपना वीपीको अधुरो सपना पुरा गर्नु हो । उनले भने, ‘सुख र शान्तीका जीवन डाक्टरी पेशा छोडर राजनीति गर्न आएको छु ।’ दुखी जनतालाई कसरी सम्बोधन गर्ने, दुःखलाई कसरी सुखमा परिवर्तन गर्ने नै राजनीतिको मुख्य एजेण्डा भएकाले सवैलाई वीपीको सिद्धान्त अपनाउन आग्रह गरे । प्रतिपक्षको खिलापमा नवोली उनले कांग्रेसले ८४ हजार किलोमिटर सडक, एक मेडिकल कलेजबाट तीसवटा मेडिकल कलेज, यौटा बिश्वविद्धालयबाट १२÷१५ वटा बिश्वविद्धालय बनायो र विदेशमा युवाहरु पठाएर रेमिट्यान्सबाट राष्ट्रलाई धानेको ईतिहास स्मरण गराउदै आउदो निर्वाचनमा कांग्रेसले खोटाङ जिल्ला मात्रै हैन अधिराज्यभर कांग्रेस बिजयी हुने आश्वसन दिलाए ।

महामन्त्री कोइरालासँगै केन्द्रिय सदस्य प्रदिप पौडेल, नेपाल तरुण दलका केन्द्रिय कार्यावहाक अध्यक्ष उत्तम चापागाई जिल्लामा आएका थिए । चिसापानी बजारको बीचभागमा २०५४ सालमा बनेको वीपीको शालिक सशस्त्र द्धन्दको समयमा तत्कालिन बिद्रोही समूह खम्बुवानले ०५८ सालमा भत्काईदिएको थियो । वीपीको शालिक भत्काईएको लामो समयपछि जन्तेढुंङगा गाउँपालिका कार्य समितिले पूनः शालिक निर्माण गरेको हो । यसअघि २०५४ सालमा वीपीको शालिकलाई  तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की