२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहार नआउँदै फूल फूलेपछि समस्या

१४ कार्तिक २०७५, बुधबार ०२:०४

कात्तिक १४, पोखरा (रासस) | तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । 

पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग रु एक करोड मूल्य बराबर फूलको कारोबार हुने गर्छ । यसवर्ष तिहार आउनु झण्डै दुई साता अगावै फूल फूलेका कारण धेरै कृषकलाई चिन्तित बनाएको छ । फूलको व्यावसायिक खेती विकासका लागि पोखरामा पुष्प परामर्श केन्द्र सञ्चालनमा ल्याइए पनि कृषकले त्यसको उपयोग गर्न नसक्दा समस्या भएको फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वारले बताउनुभयो । 

“कास्कीमा फूलखेतीतर्फ केही वर्षयता कृषकको आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “तिहारका लागि पात्रो नहेरी फूल लगाउँदा यसवर्ष धेरै कृषकका नर्सरीमा फूल फूलिसकेका कारण समस्या भएको छ ।” जिल्लामा फूलखेतीतर्फ कृषकको बढ्दो मोहले व्यवसायिकता लिँदै गएको र एशोसिएसनमा हालसम्म ३६ व्यवसायी आवद्ध भइसकेको उहाँले जानकारी दिनुुभयो । तिहारलाई लक्ष्य गरी घरको प्रयोजनका लागि पनि फूल लगाउने प्रचलन बढेको पाइन्छ । यस पर्वमा कुकुर, गाई, गोरु जस्ता जनावरको पूजाका साथै घर आँगन गोठ आदिमा माला एवं तोरणमा पनि फूलको प्रयोग हुने भएकोले यसको अत्याधिक खपत हुने गर्दछ । 

पोखरामा तिहारमा ८० प्रतिशत फूल पोखरा र आसपासबाटै आउने गरेको र २० प्रतिशत भारतबाट आयात गर्ने गरिएको द्वारले बताउनुभयो । तिहारका लागि गाउँगाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको ओमबुद्ध नर्सरी पृथ्वीचोककी सञ्चालिका नरमाया प्रसाईं बताउनुहुन्छ । “तिहारमा धेरैले घरमै फूलाएको माला लगाउने गर्दछन्, यसवर्ष हाम्रो नर्सरीबाट सयपत्री फूलको मात्रै २२ हजार बिरुवा बिक्री भएको थियो,” उहाँले भन्नुभयो । तिहारका साथै दशैं शुरु भएपछि नै बजारमा फूलको माग बढ्ने गरेको उहाँको अनुभव छ । 

कास्कीमा पुष्प व्यवसायको विकासलाई लक्ष्य गरी २०६२ मा नै फ्लोरीकल्चर एशोसिएसन गठन भएको संस्थापक अध्यक्ष वसन्त बानियाँले बताउनुभयो । शुरु शुरुमा एक दुईजना मात्रै व्यावसायिक रुपमा फूलखेतीमा लागे पनि पछिल्लो वर्षमा भने वर्षेनी उक्त सङ्ख्या बढ्दै गएको छ । फूलखेतीमा लाग्नेलाई आफूहरूले निरन्तर सहयोग एवं सल्लाह दिने गरेको भए पनि यसवर्ष धेरैले क्यालेण्डरलाई आत्मसात नगर्दा फूल चाँडो फूलेको उहाँको भनाइ छ । सयपत्री फूलको बिरुवा लगाएको ४५ दिनमा कोपिला निस्कन्छ । जमीन र वरपरको तापक्रमले फूल्ने क्रममा तीन चार दिन ढिलोचाँडो पनि हुन सक्छ । 

तिहारका लागि सयपत्री पोखरामा नै उत्पादन हुने भए पनि मखमली भने भक्तपुरबाट ल्याउने गरेको बानियाँले बताउनुभयो । पोखरामा सयपत्री फूलको माला रु ३५ देखि रु ४० सम्ममा बिक्री हुने गर्दछ । मखमली फूल रु ४० को हाराहारीमा बिक्री हुन्छ । आगामी वर्षमा क्यालेण्डरलाई आत्मसात गरी फूलको खेती गर्न र सम्बन्धित विज्ञ एवं परामर्श केन्द्रमा सल्लाह लिन बानियाँले कृषकलाई सुझाव दिनुभयो । 

यसैबीच फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीले पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही कात्तिक १६ गतेदेखि १९ गतेसम्म पोखरा सभागृह हलको प्राङगणमा चौथो पश्चिमाञ्चल गोदावरी प्रदर्शनी एवं व्यापार मेला गर्ने भएको एशोसिएसनका अध्यक्ष एवं मेला मूलआयोजक समितिका अध्यक्ष सीतामाया रानाले जानकारी दिनुभयो । मेला फूलको महीमा र महत्व बुझ्न महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र