२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योगी सुरज वैद्य पर्यटन वर्ष २०२० को संयोजकमा नियुक्त

२०७५, १६ कार्तिक शुक्रबार ११:१८

कार्तिक १६, काठमाडौं। सरकारले नेपाल पर्यटन वर्ष २०२० को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरीय निर्णयबाट वैद्यलार्इ राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो। उनको कार्यकाल तीन वर्षको हुनेछ।

वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्। वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङका अध्यक्ष रहेका उनी सार्क चेम्बर अफ कर्मशका समेत पूर्व अध्यक्ष हुन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्।

वैद्यज अर्गनाइजेशन टोयोटा गाडीको नेपालको अधिकृत बिक्रेता हो। यो वाहेक यो समूहले चिया र पोल्ट्री क्षेत्रमा लगानी छ। जर्ज मेसन युनिभर्सिटीबाट एमबिए गरेका सुरजले पाँच वर्ष अघि लगानी वर्षको ब्राण्डिङ र मार्केटिङ सभापतिको रुपमा काम गरिसकेका छन्। राष्ट्रिय संयोजकको प्रतिस्पर्धामा वैद्य वाहेक आरआर पाण्डे, योगेन्द्र शाक्य, सुमन पाण्डे, सिर्जना राणा र प्रशिद्ध पाण्डे थिए।

राष्ट्रिय संयोजकले विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार, पूर्वाधार विकास लगायतको जिम्मेवारी रहन्छ। सरकारले पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला