२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनसम्बन्धी अहिलेसम्मकै अनौठा अध्ययनहरु

१७ कार्तिक २०७५, शनिबार ०७:०८

सबैभन्दा धेरै चर्चा र चासोको विषय बन्दछ यौन । त्यसैले यस विषयमा अनेकन अध्ययन, अनुसन्धान र बहस हुने गरेका छन् । अझ कतिपय अध्ययन त यस्ता अनौठा हुन्छन् र अध्ययनबाट निस्किने निष्कर्ष झनै अविश्वसनीय खालका हुने गर्दछन् कि झ्वाट्ट  सुन्दा पत्याउनै गाह्रो पर्दछ । सेक्सका विषयमा भएका पाँच रोचक अध्ययन र तिनका निष्कर्ष यस्ता छन्ः

१. पत्याउन गाह्रो पर्ला । तर सन् २००५ मा भएको एक अध्ययनले इन्टरनेटमा गरिने खर्चमध्ये आधाजसो त सेक्ससँग सम्बन्धित हुने गरेको तथ्य पत्ता लगाएको थियो । सेक्सुअल एडिक्सन एण्ड कम्पल्सिभिटी जर्नलमा छापिएको अध्ययनअनुसार इन्टरनेटमा पोर्न साइटहरुमा पैसा तिरेर पोर्न सामग्रीहरु हेर्ने तथा पोर्न म्यागेजिन हेर्ने कार्यमा पोर्न पारखीहरुले ठूलो धनराशी खर्चिरहेका हुन्छन् ।

२. भैपरी सहवास स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यो भनिरहँदा आफ्नो पार्टनरप्रति इमान्दार जोडीहरुलाई चित्त नबुझ्ला । तर अमेरिकाको न्युयोर्क विश्वविद्यालय र कोर्नेल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानअनुसार आफ्नो पार्टनर बाहेकका महिला पुरुषहरुसँग गरिने भैपरी सम्भोग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । क्याजुअल सेक्सले मानिसमा निरासा तथा डिप्रेसन घटाउने र आत्मविश्वास बढाउने अध्ययनले देखाएको छ ।

३. पुरुषले फर्सी खानुपर्छ, कारण रोचक छ । दी स्मेल एण्ड टेस्ट टि्रटमेन्ट रिसर्च फाउन्डेसन, शिकागोले गरेको अध्ययनले यो रोचक तथ्य पत्ता लगाएको छ कि फर्सीले पुरुषको यौनांगमा रक्तप्रवाह बढाउँदछ । त्यसैले उत्तेजनाको समस्या बेहोरिरहेका पुरुषहरुले आफ्नो दैनिक भोजनमा फर्सीलाई समावेश गर्नैपर्छ ।

४. ठूलो यौनांग हुने पुरुषलाई पार्टनरले धोका दिन्छन् । निकै हास्यास्पद तर सत्य । पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा छापिएको शोधअनुसार पुरुषको यौनांग जति लामो भयो उनीहरुका पत्नीले धोका दिने सम्भावना उति नै बढी हुन्छ । अध्ययनमा सहभागी गराइएका महिलाहरुका अनुसार उनीहरुले पार्टनरको ठूलो यौनांगबाट सिर्जित पीडा सहन निकै गाह्रो हुने बताए । जसकारण उनीहरु सानो हतियारधारीको खोजीमा रहन्छन् ।

५. सहवास चाहनेले घरायासी धन्दा छाड । अमेरिकन सोसियोलोजिकल रिभ्यू जर्नलमा छापिएको शोधअनुसार दम्पतीहरुले जतिधेरै घरायासी धन्दाहरु एक आपसमा बाँडेर गर्छन्, उनीहरुबीच उती नै कम सेक्स हुन्छ । शोधकर्ताहरुका अनुसार जो पुरुषहरु प्रायः गृहिणी महिलाले गर्ने कामहरु जस्तैः सरसफाइ, लुगा धुने, ओछ्यान मिलाउने, भ्याकुम लगाउने, भान्साको काम आदि गर्न मन पराउँछन् । उनीहरु आफ्नो श्रीमतीसँग सेक्सको मामिलामा कमजोर हुन्छन् । जबकि घरायासी धन्दामा ध्यान नदिने पुरुषहरुले बढी सेक्स गर्दछन् । टाइम्स अफ इण्डिया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै