२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आफ्नो क्षेत्रको समृद्ध बिकासका लागि आफुले पहल गरिरहेको छुः सासंद सोडारी

१९ कार्तिक २०७५, सोमबार १४:५६

कमल रावल | कात्तिक १९, अछाम | सुदुरपश्चिम प्रदेश सभाका सदस्य बल बहादुर सोडारीले आफ्नो क्षेत्रको समृद्ध बिकासका लागि आफुले पहल गरिरहेको बताउनु भएको छ । आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक लगाएतका योजनालाई आफुले प्राथमिकतामा दिएर प्रदेश सरकारमा सिफारिस गरेको बताउनु भयो । 

मंगलसेन नगरपालिका वडा नम्बर ६ जनालिवण्डालीले ठुलासैनमा आयोजनाका गरेको वडा दशैँ तथा शुभदिपावलिको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै साँसद सोडारीले प्रदेश सरकारमा योजना छनोटका आफुले सिफारिस गरेतापनी अन्तिम योजनाको कार्य विधि प्राप्त नभएको जानकारी गराउनु भएको थियो । यो बर्ष मात्रै आफनो क्षेत्रमा आफुले २ करोड विनियोजन गर्न पाउने भएकाले प्राथमिकतामा परेका योजना अवश्य छनोट हुने प्रतिबद्धता जनाएका थिए । 


कार्यक्रममा बिशिष्ट अतिथी मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले दशैँ तिहारमा हुने शुभकामना आदानप्रदान कार्यक्रम समाजिक सदभाव कायम गर्नमा महत्वपुर्ण हुने बताउनु भयो । साथै पर्यटकिय स्थलले भरिपुर्ण मंगलसेन नगरपालिकाको सुरैकोट, मालिका, धुम्रलोचनी, अयारको बण्ड, कैलाशमुठ लगाएतलाई छोएर सरकारबाट बजेट विनियोजन भए अझै उत्तम हुने उहाँको भनाई रहेको थियो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले वडा नम्बर ६ लाई नमुना वडा बनाउनका लागि बिकास निर्माण लगाएत सामाजिक क्षेत्रका थुप्रै कार्य गरेको बताउनु भयो ।


मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय र तत्कालिन जनालिवण्डालि गाबिसका अध्यक्ष प्रभुनाथ भण्डारी बिशिष्टि अतिथी रहनु भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, कार्यपालिका सदस्य मोती कामि, भावना विक, वडा नम्बर १ का अध्यक्ष गोपाल बहादुर थापा, ३ का पदमसिह भाट, ४ का पदम धामि, १४ का तेज बहादुर भण्डारी, मंगलसेन नगरपालिका लेखा अधिकृत कृष्ण बहादुर शाही, ईञ्जिनियर रोहीत बोगटी, नेकपाका टँक प्रसाद भण्डारी, नेपाली काग्रेस नगरसभापती पुष्पराज भण्डारी लगाएत जनप्रतिनीधी, राजिनितिज्ञ, कर्मचारी, सञ्चारकर्मि सबैले एक आपसमा शुभकामना आदानप्रदान सहीत वडा नम्बर ६ मा यो बर्ष संञ्चालित क्रियाकलापको अबस्थाको बारेमा सुझाव र वडालाई नमुना बनाउनलागि योजनाका बारेमा सुझाव दिएका थिए । वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सचिव नन्दराज ढुगाँनाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य