2026-08-29 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आफ्नो क्षेत्रको समृद्ध बिकासका लागि आफुले पहल गरिरहेको छुः सासंद सोडारी

कमल रावल | कात्तिक १९, अछाम | सुदुरपश्चिम प्रदेश सभाका सदस्य बल बहादुर सोडारीले आफ्नो क्षेत्रको समृद्ध बिकासका लागि आफुले पहल गरिरहेको बताउनु भएको छ । आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक लगाएतका योजनालाई आफुले प्राथमिकतामा दिएर प्रदेश सरकारमा सिफारिस गरेको बताउनु भयो । 

मंगलसेन नगरपालिका वडा नम्बर ६ जनालिवण्डालीले ठुलासैनमा आयोजनाका गरेको वडा दशैँ तथा शुभदिपावलिको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै साँसद सोडारीले प्रदेश सरकारमा योजना छनोटका आफुले सिफारिस गरेतापनी अन्तिम योजनाको कार्य विधि प्राप्त नभएको जानकारी गराउनु भएको थियो । यो बर्ष मात्रै आफनो क्षेत्रमा आफुले २ करोड विनियोजन गर्न पाउने भएकाले प्राथमिकतामा परेका योजना अवश्य छनोट हुने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा बिशिष्ट अतिथी मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले दशैँ तिहारमा हुने शुभकामना आदानप्रदान कार्यक्रम समाजिक सदभाव कायम गर्नमा महत्वपुर्ण हुने बताउनु भयो । साथै पर्यटकिय स्थलले भरिपुर्ण मंगलसेन नगरपालिकाको सुरैकोट, मालिका, धुम्रलोचनी, अयारको बण्ड, कैलाशमुठ लगाएतलाई छोएर सरकारबाट बजेट विनियोजन भए अझै उत्तम हुने उहाँको भनाई रहेको थियो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले वडा नम्बर ६ लाई नमुना वडा बनाउनका लागि बिकास निर्माण लगाएत सामाजिक क्षेत्रका थुप्रै कार्य गरेको बताउनु भयो ।

मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय र तत्कालिन जनालिवण्डालि गाबिसका अध्यक्ष प्रभुनाथ भण्डारी बिशिष्टि अतिथी रहनु भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, कार्यपालिका सदस्य मोती कामि, भावना विक, वडा नम्बर १ का अध्यक्ष गोपाल बहादुर थापा, ३ का पदमसिह भाट, ४ का पदम धामि, १४ का तेज बहादुर भण्डारी, मंगलसेन नगरपालिका लेखा अधिकृत कृष्ण बहादुर शाही, ईञ्जिनियर रोहीत बोगटी, नेकपाका टँक प्रसाद भण्डारी, नेपाली काग्रेस नगरसभापती पुष्पराज भण्डारी लगाएत जनप्रतिनीधी, राजिनितिज्ञ, कर्मचारी, सञ्चारकर्मि सबैले एक आपसमा शुभकामना आदानप्रदान सहीत वडा नम्बर ६ मा यो बर्ष संञ्चालित क्रियाकलापको अबस्थाको बारेमा सुझाव र वडालाई नमुना बनाउनलागि योजनाका बारेमा सुझाव दिएका थिए । वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सचिव नन्दराज ढुगाँनाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ