2026-07-24 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

कात्तिक १९, राँझा (रासस) | भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । 

खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो । गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा माइती नेपाल र माइती इण्डियाले गत कात्तिक ६ र ७ गते उद्धार गरेको थियो । उनीहरूलाई आवश्यक परामर्शपछि पारिवारिक पुनःस्थापनाका लागि आज नेपालगञ्ज ल्याइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । 

भारतीय प्रहरीको सुरक्षामा उनीहरूलाई नेपालगञ्ज पुर्याईएको थियो । उद्धार गरिएकामा झापाका सबैभन्दा धेरै १० जना रहेका छन् । उनीहरूलाई परिवारको सम्पर्कका आधारमा घरसम्म पु¥याइने उहाँले जानकारी दिनुभयो । खाडीमुलुक कुवेत र साउदीमा मासिक रु ५० हजार तलब मिल्नेगरी रोजगारी दिलाइदिने आश्वासन पछि आफूहरू जान तयार भएको उनीहरुले बताएका छन् । 

सत्र जना, १३ जना र सात जना गरी ३७ महिलालाई छुट्टाछुट्टै स्थानमा राखिएको अवस्थामा उद्धार गरिएको माईती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेले बताउनुभयो । अलपत्र महिला बेचबिखनको जोखिममा रहेका सूचनाका आधारमा छापा मार्दा भारतीय केदार नामका एक जना पक्राउ परेको पाण्डेले जानकारी दिनुभयो । केदारले खाडी मुलुकमा नेपाली महिला पठाएबापत प्रतिमहिला चार लाख भारतीय रुपैयाँ आफूले पाउने गरेको भारतीय प्रहरीसामु बयान दिएको उहाँले जानकारी दिनुभयो । 

यस्तै दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलाको पनि उद्धार गरिएको छ । उनीहरूलाई तीन महिना पहिला दिल्लीको जिवीरोडस्थित १५६ नं कोठीबाट उद्धार गरिएको माइती इण्डियाका संस्थापक पाण्डेले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका दुई र नुवाकोटका एक जना गरी तीनको उद्धार गरिएको हो । जिल्ला अदालत गाजियावादले उद्धार गरिएका महिलालाई आवश्यक परामर्श र पारिवारिक पुनर्मिलनका लागि आदेश दिएपछि ३७ जना महिलासँगै उनीहरूलाई पनि नेपाल ल्याइएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक