२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राती जन्मेकाहरु धेरै जोखिम मोल्छन् ? जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य

२० कार्तिक २०७५, मंगलवार ०८:४६

ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । ज्योतिषाचार्य पं. मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ।

दिउँसो जन्मेका मानिसहरुको स्वभावः

– दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् ।

– स्वास्थ्यको मामलामा दिउँसो जन्मेका मानिसहरु भाग्यमानी हुन्छन् । उनीहरुको स्वास्थ्य निकै राम्रो हुन्छ ।

– राती जन्मेका मानिसहरु थोरै अल्छी हुन्छन् तर दिउँसो जन्मेकाहरुले कुनै पनि काममा अल्छी हुँदैनन् । प्रत्येक काम इमान्दारीपूर्वक गर्न रुचाउँछन् ।

– यी व्यक्तिहरु भावुक हुन्छन्, अरुको समस्या देख्न सक्दैनन् र मद्दतका लागि सधैं तत्पर रहन्छन् ।

– उनीहरु भगवानप्रति पूर्ण विश्वास राख्छन् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ ।

– उनीहरु शान्तीपूर्वक काम गर्न रुचाउँछन् ।

– राती जन्मेका भन्दा दिउँसो जन्मेकाहरुलाई कम रिस उठ्छ । उनीहरुको रिस चाँडै नै कम हुन्छ पनि ।

– घर परिवार र समाजमा उनीहरुले मान–सम्मान पाउँछन् ।

– आफ्नो कर्मसहित कहिलेकाँही भाग्यमा पनि उनीहरु विश्वास गर्छन् ।

– जीवनसाथीप्रति इमान्दार रहन्छन् र सबैको सुखलाई ध्यानमा राख्छन् ।

राती जन्मेका मानिसहरुको स्वभावः

– राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुन्छ त्यसकारण उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन ।

– राती जन्मेका मानिसहरु आलोचक हुन्छन् । त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।

– यी व्यक्तिहरु फ्रेन्डली हुन्छन् । दिउँसो जन्मिनेभन्दा राती जन्मेकाहरु साथी बनाउन निकै सिपालु हुन्छन् ।

– राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन् ।

– यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन् ।

– उनीहरु साहसी हुन्छन्, जस्तोसुकै जोखिम लिन तयार रहन्छन् ।

– उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन् र त्यसको समाधानमा तत्पर रहन्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै