पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २८, विराटनगर | अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् ।

मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ ।

प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

- यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।