कात्तिक २९, काठमाडौं | भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ ।

धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए ।

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

November 15, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु, दुई वर्षभित्र तयार हुने
By साझासवाल
1 मिनेट पढाइ