पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २९, धादिङ | भूकम्पपीडित बनेर अनुदान लिने तर घर निर्माण नगर्ने जिल्लाका ३० हजार घरधुरीको खोजबिन गरिएको छ ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले पुस मसान्तभित्रै सक्कली र नक्कली भूकम्प पीडितहरुको पहिचान भइसक्ने बताइएको छ ।

इकाई प्रमुख राजेन्द्र केसीले विभिन्न स्थानीय निकायले काठमाडौं, चितवन, सदरमुकाम र राजमार्गका विभिन्न बजारमा पक्की घर भएकाहरुलाई लाभग्राहीको सिफारिस गरेपछि नक्कली भूकम्प पीडितको बिगबिगी बढेको बताउँछन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।