२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! अनियमित महिनावारीले निम्त्याउछ बाझोपनादेखि… ओभरीयन सिष्टसम्म

२९ कार्तिक २०७५, बिहीबार ०९:०२

महिनावारीको समस्या महिलाहरुको आम समस्या हो । तर, महिनावारीको महत्वबारे जानकारी नहुँदा महिलाहरु अक्स महिनावारीलाई अभिशाप ठान्ने गर्छन् । र, महिनावारीको समयमा प्रायः तनावमा रहने गर्छन् । जबकी अनियमित वा समयमा महिनावारी नहुनु आफैमा ठूलो समस्या हो । अनियमित महिनावारीकै कारण महिलाहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या हुने गर्छ । त्यसैले त  चिकित्सकहरु अनियमित महिनावारी भएमा सजग हुन सुझाव दिने गर्दछन् ।

किनकी, अनियमित महिनावारीकै कारण महिलाहरुमा बाझोपना, ओभरीयन सिष्ट लगायतका गम्भीर समस्या निम्तने गर्दछ ।  जसका कारण महिलाहरुलाई विभिन्न रोगले सताउने गर्दछ ।

मेन्स्ट्रअल व्लिडिङको समस्या

अनियमित महिनावारीका कारण धेरैलाई इन्टर मेन्स्ट्रअल व्लिडिङ अर्थात दुई महिवारीको बीचको समयमा व्लिडिङ हुने समस्या हुन्छ । आकस्मिक रुपमा प्रयोग गरिने गर्भनिरोधक चक्कीको प्रयोगले पनि यो समस्या हुने गर्दछ । त्यसबाहेक, अण्डकोषमा सिस्ट भएमा वा  गर्भाशयमा क्यान्सर भएमा पनि यो समस्या निम्तने गर्छ । त्यसैले, यस्ता समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्दछ ।

कम ब्लिडिङ हुनु

धेरै व्लिडिङ भईरहने मानिसलाई कम व्लिडिङ्ग भइदिदा खुशी लाग्नु स्वभाविकै हो । जबकी कम व्लिडिङ्ग हुनु वा नहुनु आफैमा समस्या हो । त्यसैले, महिनावारीको क्रममा कम व्लिडिङ्ग भएमा तुरुन्त चिकित्सकसित सल्लाह लिनु पर्दछ । किनकी शरीरमा आवश्यक पोषकतत्वको कमी भएमा वा रगतको मात्रा कम भएमा पनि कम व्लिडिङ्ग हुने गर्छ ।

रगतको थक्का बन्नु

महिनावारी हुदाँ रगतको थक्का निस्कनु सामान्य कुरा हो । तर महिनावारीको समयमा धेरै भन्दा धेरै रगतको थक्का बन्न भनेको चिन्ताको विषय हो । किनकी पाठेघरमा फाइब्राइड (क्यान्सर रहित मासुको डल्लो)  वा ट्युमर भएमा पनि रगतको थक्का बन्ने गर्छ । त्यसैले, सामान्य भन्दा बढी रगतको थक्का बनेको शंका लागेमा समयमै चेकजाच गरेर पनि गर्भासयमा हुनसक्ने विभिन्न समयस्याबाट जोगिन सकिन्छ ।

विभिन्न समस्याका कारणले पेट दुख्नसक्छ

सामान्यतया महिनावारी भएको एक, दुई दिन पेट बेस्सरी दुख्ने गर्छ । तर यस्तो दुखाई महिनावारी सकिएसँगै क्रमश कम हुँदै जान्छ । यसका बाबजुद बेस्सरी पेट दुखेमा भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्छ । अन्यथा फ्राइबोइड्स वा इन्डोमेटि्रयोसिस का कारण पनि पेट बेस्सरी दुख्न सक्छ । इन्डोमेटि्रयोसिस यस्तो रोग हो, जसमा गर्भासयको बाहिरी परतको कोषिका असामान्य तरीकाले बढ्न थाल्छ । र, विस्तारै सिस्ट वा घाउको रुपमा विकास भई पेटमा पिडा हुन थाल्छ । सामान्यतया, फाइब्रासिस भएमा पेट भारी भएको महसुस हुन्छ र बारम्बार बाथरुम जान मन लाग्छ ।

सरसफाईमा ध्यान दिने

महिलाहरुले आफ्नो प्राइभेट पार्टको सरसफाईमा ध्यान दिन जरुरी छ । अझ महिनावारीको समयमा सरसफाईमा अझै बढी ध्यान दिन आवश्यक छ । महिनावारीको समयमा सरसफाईमा ध्यान दिदा त्यसले शरीरलाई स्वस्थ राख्न त मद्दत गर्छ नै, पिसाब नलीको संक्रमण (युटीआई) लगायतका अन्य संक्रमणबाट बचाउन समेत मद्दत गर्छ ।

पीएमएस

धेरै जसो महिलालाई महिनावारीको समयमा मु्ड स्वीङ्ग हुने, टाउको दुख्ने, ढाड दुख्ने, डिप्रेसन हुने लगायतको समस्या हुने गर्दछ । यस्ता समस्यालाई प्रि-मेन्सुअ्रल सिन्ड्रोम (पिएमएस) पनि भन्ने गरिन्छ । स्वस्थ जीवनशैली अपनाएर, स्वस्थ खानपान अपनाएर तथा  नियमित रुपमा व्यायाम गरेर पनि पिएमएसलाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै