२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन व्यवसायी र मादक पदार्थ सेवन गर्नेको अखडा बन्दै जोरपाटी क्षेत्रः रेट ६ सय भन्दा माथि

२०७५, २९ कार्तिक बिहीबार ०९:२५

कात्तिक २९, काठमाडौं । राजधानीको गोकर्णेश्वर नगरपालिका क्षेत्रका केही स्थानहरुमा अवैध रुपमा यौन व्यवसायी सञ्चालन फस्टाउदै गएको छ । पछिल्लो समयमा प्रहरी प्रशासनको अनुगमन प्रभावकारी रुपमा नहुदाँ त्यस प्रकारको व्यवसाय बढ्दै गएको हो ।

जोरपाटी क्षेत्रमा दैनिक जसो झैझगडा, लुटपाट लगाएत सामाजिक अपराध बढ्दै गर्दा जनप्रतिनिधि र प्रशासन भने मुकदर्शक बनिरहेका छन् । चाँडपर्वको समयमा मात्र होईन हरेक दिन मादक पदार्थ सेवन गर्नेहरुको संख्या बढेकै कारण होहल्ला गर्ने, श्रीमान-श्रीमतिबीच झगडा हुने तथा हिंसात्मक गतिविधिमा संलाग्नमा वृद्धि हुदै गएको स्थानीयहरुको गुनासो छ । होटल व्यवसायको नाममा अनैतिक गतिविधि सञ्चालन गर्दा समेत सम्बन्धित निकायको चासो नरहेको भनाई व्यक्त गर्दै सोही क्षेत्रका एक स्थानीयवासी भन्छन्– ‘प्रहरी र जनप्रतिनिधिको अनुगमन नभएर नै नकारात्मक गतिविधि बढ्दै गएको छ । हामीलाई रात्री समयमा हिड्न समेत सुरक्षाको महसुस गर्न सक्ने अवस्था छैन् ।’

उक्त क्षेत्र रातको समयमा मात्र होईन दिउँसै पनि अनेक प्रकारका घट्नाहरु घट्दै आईरहेको छ । एकै ठाउँमा तिहारकै समयमा मात्र ५ घटना घटेको थियो तर प्रहरीले त्यस प्रकारको घटनालाई वास्तै नगरेको स्थानीयहरुको आरोप छ । भाईटिकाकै भोलिपल्ट जोरपाटीको नाराणटार स्थित दुवोचौर नजिक एक २४/२५ वर्षीय महिला मादक पर्दाथ सेवन गरी व्यवहारिसे अवस्थामा भुईमा लडिपटि गर्दै बाटो हिड्नेलाई मनपरी मुख छाड्ने तथा लखेट्ने गरी रहदाँ कोहिकसैले प्रहरीलाई खबर गर्न सकेका थिएन् ।  प्रहरी कन्ट्रोलमा सम्पर्क गरी महिला प्रहरी सहित प्रहरीलाई बोलाउँदा महानगरीय प्रहरीवृत्त बौद्धलाई खबर पुर्याएको र भ्यानसहित आउने जानकारी दिए पनि प्रहरी आईपुग्न सकेन । घटनाले ठूलो दूर्घट्ना हुन सक्छ भन्दै स्थानीय पत्रकार र स्थानीय एक जनाको सहयोगमा घटना नजिकैको प्रहरी विट जम्बुडाडा बाट एक महिला प्रहरी ल्याएर त्यस महिलालाई नियन्त्रणमा लिई घर पुर्याउनु पर्ने बाध्यता थियो । उक्त घटनाले प्रहरीको लपारवाहीलाई दर्शाएको समेत त्यहाँ स्थित प्रत्यक्षदर्शी विबेक लामाले बताए ।


त्यस क्षेत्रका होटलहरुमा बेलाबेलामा प्रहरीको अनुगमन भएपनि मादक पदार्थ बरामदको समाचार मात्र बनिरहेको र यौन व्यवसायीसामु भने पुग्न सकेको छैन । होटल व्यवसायी प्रमाणपत्र नै नराखी अवैध धन्दा चलाईरहँदा वडाका स्थानीय निकाय चुपचाप छन् । प्रत्येक टोल–टोलमा वडा सदस्यहरु रहेता पनि वडामा भएको गतिविधिमा चासो नदिदा अवैध गतिविध बढिरहेको स्थानीय सार्वसाधारणहरुको गुनासो छ । त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा ५/६ र ७ का क्षेत्रहरुमा बढ्दो यौन व्यवसायी गरेका सामान्य होटलहरु रहेको एक तथ्य थाहा हुन आएको छ । उक्त क्षेत्रहरु कुनै रातको समय मात्र चल्ने र कुनै दिउँसो चल्ने गरेको जानकारी पाएको छ । सोही क्षेत्रको बस्तुस्थिति बुझ्न गएका एक पंत्तिकारको भनाईअनुसार एउटा पर्दा लगाएको होटलभित्र ५ जना महिला रहेको र कालो चियाँ एक कपको रु. ५० र खुद्रा बजारमा ३५ पर्ने चिसोको रु. ६० लिने गरिएको छ । उनले भने 'बाग्मति किनारकै एक टहरा छिर्दा त्यहाँ ६ जना महिलै-महिला मात्र भेटियो र बाहिर फरक भित्र बेग्लै वातावरण रहेको त्यहाँभित्र सामान्य क्याविन समेत रहेको बताए ।

पंत्तिकारले भने– उनीहरु मात्र होईन त्यहाँ बाहिरीबाट पनि बोलाएर सम्पर्कमा पठाउने र तिनीहरुले लिने रकम ६ सय (सामान्य होटल), १ हजार (सामान्य क्याविन सहितको होटल) लिने गरेको छ । समृद्धि समाज र राष्ट्रको परिकल्पना गरेका जनप्रतिनिध तथा सरकारका प्रशासन किन मौन कहिले सम्म सामान्य नागरिकले सुरक्षाको प्रत्यभूति गर्ने ? चासो र गम्भीर विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु