पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ३०, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्नुभएको छ ।

हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार शाक्यलाई राजदूतमा नियुक्त गरी प्रधानमन्त्री पदकै दुरुपयोग गर्नुभएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई राजदूतका सिफारिस गरेको जानकारी बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गर्नुभएको हो ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।