२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नासाको राष्ट्रिय महाधिवेशन सम्पन्न

२०७५, १ मंसिर शनिबार ०८:३०

मङ्सिर १, काठमाडौँ | नेपाल एनिमल साइन्स एसोशिएसन (नासा) को आठौँ राष्ट्रिय महाधिवेशनले पशुपंक्षी र मत्स्य विज्ञानको अध्ययन, अनुसन्धान र विकासको माध्यमबाट देशमा स्वरोजगारी सिर्जना गरी उक्त क्षेत्रको उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन नासाको तर्फबाट महत्वपूर्ण योगदान दिने सङ्कल्पसहित ललितपुर घोषणापत्र जारी गरेको छ । 

महाधिवेशनको प्राविधिक सत्रमा पशुपंक्षी तथा मत्स्य अनुसन्धान र विकाससम्बन्धी ४७ वटा प्राविधिक कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । महाधिवेशनमा महासचिव रुद्रप्रसाद पौडेलले नासाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामवली साहले आर्थिक प्रतिवेदन र विधान संसोधन समितिका संयोजक रामगोपाल आचार्यले विधान संशोधनका बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा पशुपंक्षी तथा मत्स्यविज्ञान प्राध्यापन, अनुसन्धान र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सेवानिवृत्त प्राध्यापकहरु, बैज्ञानिकहरु, अनुसन्धाताहरु, उद्योगीहरु र उत्कृष्ट कार्य गर्ने कृषकलाई सम्मान गरिएको थियो । 

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नासाको विज्ञता र यसले गरेका घोषणा र निर्णयहरु नेपालको पशुपंक्षी र मत्स्यपालन क्षेत्रलाई समेटी राष्ट्रिय किसान आयोगले बनाउने नीतिलाई महत्वपूर्ण मार्गदर्शक हुने बताउनुभयो । 

यसैबीच भेलाले नासाको आगामी कार्यकालको लागि सर्वसम्मत रुपमा डा. श्रीराम प्रसाद नेउपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन समेत गरेको छ । नवगठित समितिको उपाध्यक्षमा रुद्रप्रसाद पौडेल र डा. निराजन भट्टराई, महासचिवमा डा. लोकनाथ पौडेल, सचिवमा मेघराज ढकाल र सुजया उपे्रती, कोषाध्यक्षमा श्यामसुन्दर यादव र सदस्यहरुमा सूर्यप्रसाद शर्मा, लुमानिधी पाण्डे, राजेन्द्रप्रसाद श्रेष्ठ, गौरी थापा र सुवासकमल झा निर्वाचित हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो