2026-09-14 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गहुँ छर्ने बेला रासायनिक मल अभावले किसानले चर्को मूल्य तिर्न बाध्य

मङ्सिर २,कञ्चनपुर। (रासस) । खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् । 

अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नु परेको छ । वेदकोट नगरपालिकाका किसान मङ्गुलाल चौधरीले अनुदानको मल नपाउदा भारतीय मल राखेर गहुँ छरेको बताउनुभयो । 

स्थानीय एग्रोभेट पसलबाट खरीद गरेको भारतीय मल गुणस्तरीय भए÷नभएको जानकारी छैन उहाँले भन्नुभयो, “रु ६० प्रतिकिलोका दरले खरीद गरेर छरेका छौं । मलले काम गर्छ वा गर्दैन जानकारी छैन ।” पसल सञ्चालकको विश्वासमा मल खेतमा छरेको उहाँले बताउनुभयो । शुक्लाफाँटाको पिपलाडीका किसान माघु राम चौधरीले मल नपाउँदा खेतमा गहुँ छर्न नसकेको बताउनुभयो । “अनुदानको मल त पाएनौँ”, उहाँले भन्नुभयो, “भारतीय मलसमेत नपाउँदा खेतमा गहुँ छर्न सकिएको छैन ।” 

कृषि सामग्री संस्थानले यस वर्ष डिएपी मल ६५० मेट्रिक टन मात्रै आपूर्ति गरेको छ । किसानको माग त्योभन्दा दोब्बर छ संस्थानका निमित्त कार्यालय प्रमुख बबिता उपाध्यायले भन्नुभयो, “ढुवानीको समस्याले मागअनुरुप आपूर्ति हुन सकेको छैन । अझै माग अनुरुपको मल उपलव्ध गराउनका लागि भैरहवास्थित कार्यालयलाई लेखिपठाएका छौँ ।” गहुँबालीका लागि चाहिने किसानको मागअनुरुपको युरिया मलसमेत संस्थान किसानलाई उपलब्ध गराउन सकेको छैन । किसानलाई गहुँबालीका लागि दुई हजार मेट्रिक टन युरिया मल आवश्यक पर्दछ । संस्थानले ६०० मेट्रिक टन युरिया मल मात्रै आपूर्ति गर्न सकेको छ । 

केन्द्रीय कार्यालयलाई किसानको मागअनुरुपको मल आपूर्तिका लागि लेखिपठाए पनि थोरै मात्रै मल आउँदा पु¥याउन हम्मेहम्मे परेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । संस्थानले यहाँ रहेका १३० सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ । 

अनुदानको मल पाएका केही सहकारी पसल सञ्चालकले भारतीय मलझै गरी चर्को मूल्यमा मल बिक्री गर्दा किसान मार्कामा परेका छन् । ढुवानी भाडा भन्दै आपूmखुशी सहकारीले रासायनिक मलको मूल्य तोकेर बिक्री गर्दै आएको किसानको गुनासो छ । अनुदानको मल किसानलाई सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने अधिकृत उपाध्ययले भन्नुभयो, “चर्को मूल्य तोकेर मल बिक्री गरिएको पाइए कार्वाही हुन्छ । त्यसका लागि नगरपालिका र गाउँपालिका कार्यालयले अनुगमन गरी मूल्य नियन्त्रण गर्नुपर्दछ ।” 

लालपुर्जाका आधारमा समेत व्यक्तिगतरुपमा किसानलाई संस्थानले मल उपलब्ध गराउने व्यवस्थासमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड