२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा

२०८१, ९ कार्तिक शुक्रबार १३:०२

कञ्चनपुर | लालझाडी गाउँपालिका–१ बिनवारीका रमेश बडायक (४५ वर्ष ) र उनकी श्रीमती कमला बडायक (४१ वर्ष) आफ्नै घरको आँगन र बरण्डामा मृत अवस्थामा फेला परेका छन्। मदिरासहितको नास्ता पसल सञ्चालन गर्दै आएका बडायक दम्पतीको शव शुक्रबार बिहान घर बाहिरै रक्ताम्य अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमेश जोशीका अनुसार बडायक दम्पती सामान्यतः पसल रहेको घरमै बस्दै आएका थिए। “गर्मीको कारण बाहिर बरण्डामा सुत्ने गरेका थिए,” जोशीले भने। रमेशको शव आँगनमा भेटिएको छ भने कमलाको शव नजिकै बरण्डामा सुत्ने ओछ्यानको नजिकै रक्ताम्य झुलमा लटपटिएको अवस्थामा फेला परेको छ। दुबैको अनुहार र टाउकोमा चोट देखिएको र हत्या गरिएको शंका गरिएको प्रहरी अधिकारीले बताएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले घटनाको अनुसन्धानका लागि डीएसपी उमेश जोशीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। साथै, प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरको सहायताले पनि अनुसन्धान भइरहेको छ। घटनास्थलमा साढे दुई लाख नगद फेला परेको र यसले घटनालाई थप रहस्यमय बनाएको डीआईजी केसीले बताए। दम्पतीले बिहीबार मात्र बैंकबाट पैसा निकालेको जानकारी प्राप्त भएको र सोही दृष्टिकोणबाट अनुसन्धान भइरहेको छ।

दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ