२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

कविता महोत्सवका लागि २० कविता छनोटमा, को को छनोटमा परे ? (नामावलीसहित)

३ मंसिर २०७५, सोमबार ०८:५०

मङ्सिर ३, नुवाकोट | नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १५ गते हुन लागेको दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट भएको छ । विदुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका लागि प्राप्त २४८ कवितामध्ये २० कविता छनोट भएको उक्त प्रतिष्ठानले जनाएको छ । 

विभिन्न माध्यमबाट देश र विदेशमा रहेका नेपालीले पठाएका कवितामध्येबाट विज्ञ निर्णायक समितिले २० कविता प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाका लागि छनोट गरेको महोत्सव प्रचारप्रसार संयोजक मुकुन्दराज अर्यालले जानकारी दिनुभयो । 

सो प्रतियोगिताका लागि चितवनका अम्बिका कार्की, ओखलढुङ्गाका इन्द्रकुमार श्रेष्ठ, तेह्रथुमका एलिना दुलाल, रसुवाका जीवन आरोही, रामेछापका जीवन खत्री, सुनसरीका जीतु खड्का, दोलखाकी देवकी अभिलाषी, गोरखाका निशान निष्कर्म, कास्कीका प्रकाश आचार्य, भोजपुरकी प्रगति राई, कास्कीकी वसुन्धरा भण्डारी, दाङकी भवानी न्यौपाने, बाराका रमेश रसिक, नुवाकोटका रामराजा तिमिल्सिना, प्युठानकी रीमा केसी, बागलुङ विवश बाबु, धादिङका विजय तामाङ, गोरखाका सन्तोष खनाल, कञ्चनपुरका सागर चन्द र जाजरकोटका ज्ञानेन्द्रबहादुर सिंहको कविता छनोट भएको हो । 

प्रतियोगिताका लागि देशका ६२ जिल्लाका स्रष्टाले कविता पठाएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रो दुईलाई रु २०÷२० हजार नगद पुरस्कारको व्यवस्था गरिएको उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । यसअघि २०७३ सालमा पहिलो कविता महोत्सव नुवाकोटमै भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता