2026-09-21 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्यु संस्कार छोट्याउँदै, प्राध्यापक भन्छन्:- ‘५ दिनमा सार्नै नमिल्ने भन्ने कतै लेखिएको छैन’

मंसिर ४, काठमाडौं । हिन्दु परम्परा अनुसार १३ दिनमा सम्पन्न गरिने मृत्यु संस्कारलाई पछिल्लो समय पाँच वा सात दिनमा छोट्याउन प्रचलन बढ्न थालेको छ । यसै क्रममा इटहरीका प्राध्यापक डा. बद्री विशाल पोख्रेलले आमाको मृत्यु संस्कार सात दिनमा छोट्याउन लागेका छन्।

उनकी आमा हरिमाया पोख्रेलको निधन गत मंसिर १ गते राति भएको थियो । इटहरीस्थित आफ्नै घरमा दाजु बल्लभसँगै किरिया बसेका उनले भने, ‘आज तेस्रो दिन भयो, म सात दिनमा मृत्यु संस्कार सक्दैछु ।’

मृत्यु संस्कार नघटाउन परिवार, आफन्त, धर्म गुरु र पण्डितहरुको व्यापक दबाब आइरहेको पोख्रेलले बताए । उनले भने ‘परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, हामी जत्तिको बुझेको मानिसले नगरे कसले गर्ने।’

उनले हिन्दु संस्कारहरु भारी, जटिल र खर्चिला भएकैले धर्म परिवर्तन बढेको दाबी गरे। ‘संस्कारलाई समय अनुसार सरल बनाएर लान नसके धर्म परिवर्तनको विकृति फैलिन्छ’ प्राध्यापक पोख्रेलले भने

उनका अनुसार १३ दिनको संस्कार ५ दिनमा सार्नै नसकिने भन्ने कतै लेखिएको छैन। जुद्धशमशेरकै पालामा ४५ दिनको संस्कारलाई १३ दिनमा झारिएको उल्लेख गर्दै वैदिक संस्कारमा धेरै विकल्प रहेको समेत जानकारी दिए ।

उनले पण्डितहरुले भड्काउने र संस्कार पूरा समय नगरे घरका अन्य सदस्यहरुको समेत अकालमा मृत्यु हुने जस्ता डर देखाउने काम भएको भनदै सचेत वर्गले संस्कारलाई परिवर्तन गर्न जागरुकता देखाउनु पर्नेमा जोड दिए ।

पारिवारिक दबाबका कारण दाजु बल्लभ भने १३ दिन नै किरिया बस्न लागेका छन् । १० औं दिनमा गहुँत खाने र श्रद्धाञ्जली सभा आयोजना गर्ने प्राध्यापक पोख्रेलको योजना छ । साथै संस्कार छोट्याउन सहयोग गर्ने ब्राह्मणलाई सम्मान समेत गर्ने उनले सुनाए। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो