४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँमा बसाइँ सरे ३० हजार पाइने

५ मंसिर २०७५, बुधबार ०२:३१

मंसिर ५, नवलपरासी।  बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ ।

साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो । 

सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउँदै उनले भने, नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौँ । गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना उनले बताए । 

पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन, गाउँमा बस्न कोहि मान्दैमान्दैन, उनले भने । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नं. २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक,  ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ । आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट