2026-09-19 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला सबैभन्दा अगाडि, अहिलेसम्म कति मत प्राप्त गरिन् ?

मङ्सिर ६, काठमाडौं | चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन् ।

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्। 

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्।

दोस्रो नम्बरमा मिस रसिया रहेकी छन्। मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ। मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन्।

समीक्षकहरूले यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला अगाडि रहेको उल्लेख गरेका छन्। उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड-२०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई