पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ७, काठमाडौं | अर्घभुमिगत नेत्रविक्रम चन्द समहुले शनिबार गर्न लागेको आभसभाप्रति सुरक्षा निकायले चासो दिँदै निगरानी सुरु गरेका छन् ।

सरकारले वार्ता टोली गठन गरेपछि सो समूहप्रति नरम बनेको भए पनि वार्तामा बस्न आनाकानी गर्दा शनिबार हुने आमसभालाई सुरक्षा नियकाले चासो व्यक्त गरेका हुन् ।

सरकारी सुरक्षा अंगले संविधान दिएको अधिकारअनुसार सभा गर्दा कहीँ-कतै अवरोध नहुने तर संविधानले दिएको अधिकारअनुसार सभा गर्दा आमभा नै गर्न नहुने तर संविधानविपरित भए आमसभा नै गर्न नदिने तयारी गरिरहेको छ ।

विप्लव समुहले मंसिर ८ मा काठमाडौंभित्र आमसभा गर्न भारको राजधानी दिल्लीमा प्रचारप्रसार गरेदेखि नै सुरक्षा निकायले चासो व्यक्त गर्दै आएको छ ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।