Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेकपामा असन्तुष्टिः २१ भाइलाई गौतमको साथ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १०, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टीका २१ केन्द्रिय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् ।

बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय  बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् ।

गत बुधबार २१ जना केन्द्रीय  सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पोडेलमार्फत अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमदल दाहाललाई ज्ञानपत्र बुझाएका थिए ।

सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएको माग पन्छाउँदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कार्या विभाजन भन्नेमा शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेका थिए ।

- यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।