Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सवारी लाइसेन्स आवेदन अझै अवरुद्ध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १०, काठमाडौँ | सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् ।

शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको हो ।

दशैँअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘आइतबार पनि काम हुन सकेन । एकैचोटि एक लाखसम्मको आवेदन भरेका छन् । ओभरफ्लो भएर दिनभरी काम भएन । क्षमता थप गर्ने काम भएको छ । यसको समाधान छिटै हुन्छ ।’

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।