पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १०, काठमाडौँ | श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।

कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको छ ।

श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापुर्वक अगाडि बढ्ने बताए ।

समझदारी कार्यान्वयन गर्न केही विषयका प्रक्रियालाई टुंग्याउनुपर्छ, मसिना समस्यासमेत टुंग्याउने गरी प्रावधिक बैठक पुनः बस्छौँ, उनले भने टुग्याउनुपर्ने विषयबारे नेपाली दुतावासतर्फ मलेसियाको सम्बन्धित ठाउँमा कुरा भईरहेको उनले बताए ।,

- यो खबर आजको कान्तिपुर दैनिकमा छ ।