2026-07-25 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा.भट्टराई निर्मलाको परिवार भेट्न अस्पतालमै पुगे, पीडित परिवारलाई १ लाख सहयोग

मङ्सिर १०, काठमाडौं | नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पतालमा रहेका निर्मला पन्तको परिवारलाई भेटेका छन् । डा.भट्टराईले सोमबार अपरान्ह त्रिवि शिक्षण अस्पताल पुगेर उनीहरुलाई भेटेका हुन् ।

छोरीको हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । संयोजक भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाएका थिए ।

उनले आफुहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाएका थिए । डा.भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिएका छन् । बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको न्याय त राज्यले दिनुनै पर्ने तर छोरीको पीडाकै बीचमा श्रीमानको समेत यो हालत भएको भन्दै गुनासो पोखेकी थिइन् ।

कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखु बारीमा शव फेला परेको थियो । सो घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । सरकारले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै आएको छ । 

भेटमा डा.भट्टराईले नयाँ शक्ति समर्थक प्रवासी नेपालीहरुले जुटाएको १ लाख रुपैयाँ समेत पीडित परिवारलाई बुझाएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक