२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बिहान पौने २ बजे मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, बैज्ञानिकहरु खुसीले उफ्रिए

११ मंसिर २०७५, मंगलवार ०२:४३

मङ्सिर ११, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो ।

मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो । यो यान अवतरण गर्ने अन्तिम सात मिनेट एकदमै तनावपूर्ण थियो । जब उक्त यान मंगलग्रहको भूमध्य रेखा नजिकको समथर मैदानमा सुरक्षित अवतरण गर्‍यो तब नासाको मिशन कन्ट्रोलमा खुसीको लहर छाएको थियो । बैज्ञानिकहरु खुसीले उफ्रिएका थिए ।


मंगल ग्रहमा अवतरण गर्नुभन्दा सात मिनेट अगाडिको समय निकै महत्वपूर्ण थियो किनभने यानको गति २० हजार किलोमिटर प्रतिघण्टाले कम गर्नुपर्ने थियो ।

अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्ण रुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् । साथै यानले पठाउने त्यहाँ वरपरका तस्वीर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् । इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् ।

मंगल ग्रह पृथ्वीसँग मिल्दोजुल्दो छ । त्यहाँ जीवनको सम्भावना छ कि छैन भनेर खोज तथा अनुसन्धान जारी छ । तर, इन्साइट ल्याण्डरले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । 

आफ्नो अभियानको क्रममा यो यानले मंगल ग्रहमा एक साइज्मोमिटर राख्ने छ । त्यसले मंगल ग्रहभित्रको हलचल रेकर्ड गर्न सक्छ । 

मंगल ग्रह मुनि भूकम्पजस्तो हलचल हुन्छ कि हुँदैन भन्ने कुरा त्यसले पत्ता लगाउने छ । मंगल ग्रहलाई खनेर त्यसभित्रको रहस्य पत्ता लगाउन पठाइएको इन्साइट ल्याण्डर पहिलो अन्तरिक्ष यान हो । 

साथै एक जर्मन उपकरणले मंगल ग्रहको पाँच मिटर तल गएर त्यहाँको तापमान पत्ता लगाउने छ । ग्रहको यो तापमानले मंगल ग्रह अझै पनि कति सक्रिय छ भन्ने कुरा पत्ता लाग्ने नासाका वैज्ञानिकहरु बताउँछन् ।

यसमा राखिएको रेडियो ट्रान्समिशनले मंगल ग्रह आफ्नो अक्षमा डगमगाउँदै कसरी घुम्छ भन्ने कुरा पनि पत्ता लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य