Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बल्ल-तल्ल नेपालमा चल्ने भयो रेल, त्यो पनि साइकल गतिमा !

By साझासवाल

मङ्सिर ११, काठमाडौँ | नेपालमा २०१९ देखि रेल कुद्ने भएको छ त्यो पनि साइकल गतिमा ! हो, सुन्दा अचम्म लाग्न सक्छ, तर नेपालमा अब गुड्ने तयारीमा रहेको जनकपुर–जयनगर रेलको गति साइकलको भन्दा बढी हुनेछैन ।

विश्व कहाँबाट कहाँ पुगिसकेको छ तर नेपालमा आगामी बर्षदेखि चल्ने रेल जम्मा ३५ किलोमिटर प्रतिघन्टाको हुनेछ । आजको नयाँ पत्रिकामा यस बिषयमा समाचारमा उल्लेख छ – ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्रतिस्पर्धा भईरहेको अवस्थामा नेपालमा भने उही पुरानो युगकै गतिमा रेल चल्नेछ। जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ त्यस्तै फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् ।

प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हाइस्पिड रेल’ को परिभाषाभित्र राखिएको छ । पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झन्डै चार वर्षपछि सञ्चालनमा आउने लागेको ब्रोडगेज (५.६ फिट ट्रयाक) रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन ।