२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमाउन साउदी पुगेकै दिन जेल !

११ मंसिर २०७५, मंगलवार ०४:०४

मङ्सिर ११, काठमाडौं | बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । 

सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? 

विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ । उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन् । यस्तै अप्ठेरोले गर्दा बैदेशिक रोजगारीको सपना त्यागेका ३७ बर्षीया बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो । 

किनकी स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए । अनि २०६३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए । एक मनले विदेश जाने र अर्को मनले अन्योलमै रहेको बेला शुरु गरेको दोस्रोपटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरिमा पुर्याएको छ । 


कमाउन साउदी पुगेकै दिन भुपाल पक्राउ परेका छन् । 

उनलाई अघिल्लोपटक साउदीमा भएको एक सडक दुर्घटनाको कारण देखाउँदै दोषी ठहर्याइएको छ । 

साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल करिब २३ लाख रुपैयाँ को जोहो गर्नुपर्ने भएको छ । 

- आजको नागरिक दैनिकमा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य