पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १२, काठमाडौँ | पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन् ।

राजधानीका मालपोत कार्यालयहरुमा उनको ‘शासन’ चल्ने गरेको छ । मालपोत कार्यालयमा अवैध कामबाट उनले करोडौँ कमाइसकेको अनुसन्धानमा आवद्ध अधिकारीहरु बताउँछन् ।

महँगा कार चढ्ने हैसियत बनाएका उनले छुट जग्गा दर्ताको नाममा करोडौँ कमाएका हुन् । सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा गराउने काममा उनी नाइके थिए ।

- यो समाचार आजको नयाँ पत्रिका दैनिकको हो ।