Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अब बर्षा र हिउँदमा दूधको मूल्य फरक–फरक, कात्तिकदेखि फागुनसम्म ७ रुपैयाँ कम

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १२, काठमाडौँ | उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ ।

हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरुमा मिल्क होलिडे देखापर्न थालेको छ ।

मन्त्रालयमातहतको राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले बझाएको प्रतिवेदनमा दूध उत्पादन बढी हुने सिजन (कात्तिकदेखि फागुनसम्म)मा कच्चा दूधको मूल्य प्रतिलिटर ५ देखि ७ रुपैयाँ कम निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ ।

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।