२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेल चोरेर बिक्री गर्ने ट्याङकर चालक कारवाहीमा

२०७५, १२ मंसिर बुधबार ०७:४९

मङ्सिर १२, विराटनगर | भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । 

भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिनुभयो । 

ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ । 

घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङकर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गर्दै चोरी भएको तेलको दोब्बर रकम निगमको खातामा हिजै जम्मा गरिसके पनि निगमले सुखदेवलाई तीन महीना तेल ढुवानी गर्न बन्देज गरेको, चालक स्वर्णकारले निगम ट्याङकर चलाउन नपाउने, निगम हाताभित्र छ महीना प्रवेश पनि गर्न नपाउने नसिहत निगमले दिएको छ । 

प्रहरीमाथि अभद्र व्यवहार 

मोरङको केराबारीस्थित जङ्गल क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने स्काइभेटर र चालकलाई हिजो प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । 

नदीमा अवैध तरिकाले उत्खनन गर्न प्रयोग गरिएको ना १ क ७०९९ नं को स्काइभेटर र चालक पथरी नगरपालिका–२४ वर्षीय सन्तोष गिरीलाई अपराधसंहिता ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । 

यसैगरी, प्रहरीलाई हातपात तथा गाडी तोडफोड गर्ने तीन जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

मोरङको कटहरीस्थित महेशपुरमा जाँच गर्ने क्रममा कटहरी गाउँपालिका–१ निवासी सुवोधनारायण चौधरी, जोगलाल चौधरी र अन्तराम चौधरीले प्रहरीको टोलीसँग वादविवाद गरी हातपात गर्नुका साथै ना १ झ ९२० नं को पिकअप गाडीमा ढुङ्गा प्रहर गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते