पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १४, काठमाडौँ | नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता गर्ने ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् ।

अन्य १६ अधिकृतसहित १६२ जना दोषी ठहर भएका छन् । २०७३ देखि ०७५ सम्म विभिन्न पदमा भर्नाका क्रममा अनियमितता भएको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु गरेकोमा सैनिक अदालतले उनीहरुलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाही गरेको हो ।

४ अधिकृतसहित १४ जनाले भने सफाइ पाएका छन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।