म २५ वर्षीय अविवाहित पुरुष हुँ । मैले आजसम्म कसैसँग यौनसम्बन्ध राखेको छैन । आफ्नो यौनप्यास मेटाउन मैले १४ वर्षको उमेरदेखि नै लगातार हस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म २५ वर्षीय अविवाहित पुरुष हुँ । मैले आजसम्म कसैसँग यौनसम्बन्ध राखेको छैन । आफ्नो यौनप्यास मेटाउन मैले १४ वर्षको उमेरदेखि नै लगातार हस्"/>
२२ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

हस्तमैथुनपछिको लिङ्ग पीडा यौन रोग हो ? जान्नुहोस्

१५ मंसिर २०७५, शनिबार ०७:१६

- डा. राजेन्द्र भद्रा

म २५ वर्षीय अविवाहित पुरुष हुँ । मैले आजसम्म कसैसँग यौनसम्बन्ध राखेको छैन । आफ्नो यौनप्यास मेटाउन मैले १४ वर्षको उमेरदेखि नै लगातार हस्तमैथुन गर्दै आएको छु । हस्तमैथुनमा चिल्लोपनका लागि म आफ्नो थूक प्रयोग गर्छु । पहिले त यो समस्या थिएन, तर अहिले हस्तमैथुनपछि कहिलेकाहीं दुखेजस्तो, पोलेजस्तो हुन्छ र पिसाब पनि छिनछिनमा लागिरहन्छ । पानी पिएपछि बिस्तारै दुख्न, पोल्न र पिसाब रोकिन छोड्छ । यो समस्याले पछि आफ्नो यौनसाथीलाई यौनसुख दिन पो सक्दिन कि भन्ने चिन्ता लाग्छ । यो यौनरोग हो कि के हो ? मैले कुनै औषधी तथा डाक्टरको सहयोग लिएको छैन । अब मैले के गर्नुपर्छ ?


तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले पुरुष यौनाङ्गका बारेमा छोटोमा चर्चा गरौं । तपाईंलाई थाहै होला, प्रमुख पुरुष यौनाङ्ग लिङ्ग, अण्डकोष थैली, अण्डकोष, पौरुष ग्रन्थि आदि हुन् । त्यसबाहेक इपिडिडाइमिस, वीर्यथैलीजस्ता अङ्गले यी यौनाङ्गका साथै प्रजनन कार्यमा सहयोग गर्छन् । लिङ्गभित्र एउटा नली हुन्छ, जसलाई हामी मूत्रनली भन्छौं । यो नली लिङ्ग मुण्डमा एउटा प्वालका रूपमा खुल्छ, जसलाई हामी मूत्रद्वार भन्छौं । 

यसले पिसाब थैलीबाट पिसाबलाई बाहिर निस्कने बाटो दिने भएकाले पनि यसको नाम मूत्रनली राखिएको हो, तर यही नलीबाटै वीर्य समेत निस्कन्छ । यो महत्वपूर्ण अङ्ग संवेदनशील हुन्छ, यसमा हुने थोरै परिवर्तनले पनि विभिन्न लक्षण देखाउन सक्छ । मूत्रनलीमा कुनै बाधा भएको, संक्रमण भएको वा गडबडी सिर्जना भएको स्थितिमा लिङ्ग दुखेको वा पोलेको अनुभव हुन सक्छ । यौन रोग लिङ्ग दुख्ने वा पोल्ने स्थितिको एउटा महत्वपूर्ण कारक हो । यद्यपि लिङ्ग दुख्ने वा पोल्ने स्थिति हुनासाथ यौनरोगका कारणले हो भन्नेचाहिँ होईन । कतिपय स्थितिमा यौन रोग नभै अन्य कारणले समेत यस्तो हुन्छ ।

किन यस्तो भएको ?

कतिपय युवकले हस्तमैथुनपछि लिङ्ग पोलेको, हल्का दुखेको वा असजिलो भएको अनुभव गर्छन् । यस्तो हरेक हस्तमैथुनपछि हुन सक्छ भने कहिलेकाहीं मात्रत पनि हुनसक्छ । यस्तो भएपछि धेरैले कतै यौनरोग लाग्यो कि अन्य केही गम्भीर समस्या सिर्जना भयो कि भनेर चिन्ता गर्न थाल्छन् ।

विशेष गरेर लामो समयसम्म लिङ्ग र त्यसमा पनि लिङ्गको टुप्पोलाई उत्तेजित गराइएको स्थितिमा यस्तो अनुभव हुने सम्भावना हुन्छ । पिसाब फेरूँ–फेरूँ लाग्छ र पिसाब फेरिसकेपछि पोल्न कम हुन्छ तर पिसाब फेरूँ–फेरूँ जस्तो भएर पिसाब फेर्न जाँदा केही थोपाभन्दा बढी पिसाब आउँदैन । 

लामो समयसम्म यौन उत्तेजनामा रहँदा विभिन्न यौनाङ्गमा रगतको बहाव बढी हुन्छ । पौरुष ग्रन्थिमा यस्तो हुँदा लिङ्गको टुप्पातिर दुखेको अनुभव हुन सक्छ । पौरुष ग्रन्थिको संक्रमणमा पनि यस्तो लक्षण देखिन सक्छ । मूत्रनलीको शोथ वा संक्रमण हुँदा पनि लिङ्ग दुख्ने, पोल्ने, पिसाब गरूँ–गरूँ जस्तो हुन्छ ।

हस्तमैथुन गर्दा वीर्यलाई बाहिर आउन नदिई रोक्दा पनि पिसाब फेरूँ–फेरूँजस्तो हुन्छ । अत्यधिक दबाब दिँदा मूत्रनलीका कोषिकामा सूक्ष्म चोट पुग्न सक्छ अनि वीर्य स्खलनका बेला मूत्रनलीको श्लेष्म (mगअगक) पखालिन सक्छ । पछि पिसाब फेर्दा मूत्रनलीको भित्री भागको प्रत्यक्ष सम्पर्कमा आउन सक्छ । वीर्य केही मात्रामा क्षारीय हुन्छ भने हाम्रो पिसाब केही अम्लीय । पिसाब फेर्दा अम्लीय पिसाबका कारणले पनि पोलेको अनुभव हुन सक्छ । 

के यौनरोग भएको होला ? 

तपाईंले उल्लेख गर्नुभएको लक्षणले मूत्रनलीको संक्रमणको संकेत गर्छ । मूत्रनलीको शोथ वा संक्रमण यौनरोगका कारणले पनि हुन सक्छ वा अन्य कारणले पनि । तपाईंलाई थाहै होला, यौनरोग वा यौन संक्रमण यौनसम्पर्कको माध्यमबाट सर्छ । यौनरोग भन्नाले विभिन्न किसिमको यौनसम्पर्कबाट सर्ने रोगहरूको समूह हो । तपाईंले अहिलेसम्म यौनसम्पर्क नगरेको कुरा गर्नुभएको छ । त्यसैले सैद्धान्तिक रूपमा तपाईंलाई यौन रोग भयो भन्न मिल्ने आधार छैन । 

समाधान के होला ?

कहिलेकाहीं त वीर्यस्खलनका कारणले पनि यस्तो लक्षण देखिन सक्छ । यो प्राय: आफैं कम भएर जान्छ । प्रशस्त पानी पिउनुपर्छ । त्यसले पिसाब पातलो बनाउन मद्दत मिल्छ, जसले पोल्ने पनि केही कम गर्छ । त्यसैले अनावश्यक रूपमा धेरै चिन्ता लिनुपर्छ जस्तो लाग्दैन । हस्तमैथुन गर्दा होस् वा यौनसम्पर्क गर्दा मूत्रनलीमा सूक्ष्म चोट नलागोस् भनेर विशेष ध्यान पुर्‍याउनुपर्छ । हामीले सरसफाइका लागि प्रयोग गर्ने साबुन होस् वा कोलोन (सुगन्धित जल) कडा किसिमको नहोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । 

तैपनि बिसेक भएन वा अन्य लक्षण देखियो भने भनेर विशेष चनाखो रहनुपर्छ । यस्तो स्थितिमा चिकित्सकसँग सरसल्लाह गरी उपचार गराउनुपर्छ । मूत्र प्रणालीको संक्रमण छ कि छैन भनेर पत्ता लगाउन पिसाब जाँच गर्नुपर्छ । संक्रमणको प्रकार हेरेर औषधीको सेवन ठीकसँग गरे समस्या समाधान हुन्छ । 

अन्त्यमा, तपाईंले पिसाब रोकिन छोड्छ भनेर लेख्नुभएको कुरा स्पष्ट छैन । खुलाएर लेख्नुभए पक्कै जवाफ दिन सजिलो हुने थियो । तपाईंले आफ्नो यौनसाथीलाई यौन सुख दिन नसक्ने भन्ने कुनै आधार छैन । कलिलै उमेरदेखि तपाईंमा पर्याप्त यौनेच्छा भएकाले नै त्यसलाई पूरा गर्न हस्तमैथुन गर्न थाल्नुभयो र अहिलेसम्म निरन्तरता दिँदै आउनुभएको छ । तपाईंमा लिङ्ग उत्तेजना पनि राम्रैसँग भएको हुनुपर्छ । त्यसैले अनावश्यक चिन्ता गर्न आवश्यक छ जस्तो लाग्दैन । साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै