२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार: मुख्यमन्त्री गुरुङ

२०७५, १६ मंसिर आईतवार ०१:३७

मङ्सिर १६, बेनी (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । 

नेकपाका प्रदेश इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताउनुभयो । “मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा रहेको पर्यटन विकासको अथाह सम्भावना उजागर गर्न सरकार लागिपरेको छ”, गुरुङले भन्नुभयो । 

गण्डकी प्रदेशभित्र यो वर्ष ३०० पर्यटकीय गाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । यहाँका प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्वको पर्यटन विकाससँगै खेलकूद पर्यटनको विकासका लागि समेत प्रदेश सरकारले गृहकार्य गरिरहेको उहाँको भनाइ थियो । 

पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई व्यवस्थित बनाउँदै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको कामलाई पूर्णता दिन सके यस क्षेत्रमा आर्थिक कारोबार ह्वात्तै बढ्ने उहाँले बताउनुभयो । 

उहाँले गण्डकी प्रदेशमा १४ प्रतिशत नागरिक विद्युत् र नौ प्रतिशत नागरिक शुद्ध खानेपानी उपभोगबाट बञ्चित हुनुपरेको बताउँदै त्यसतर्फ प्रदेश सरकारले आवश्यक काम अघि बढाएको जानकारी दिनुभयो । जलस्रोतमार्फत १० हजार मेगावाट बढी र वायु र सौर्य ऊर्जाबाट मुस्ताङमा पाँच हजार मेगावाट बढी विद्युत् उत्पादनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री गुरुङले हिमाल, पहाड र तराई क्षेत्र समेटिएको गण्डकी प्रदेशलाई विकास र समृद्धिको यात्राबाट रोकिने कुनै कारण नभएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी