मङ्सिर १६, काठमाडौं | नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन (ईयु)ले त्यसलाई पुनः निरन्तरता दिएको छ ।

(ईयु)को हवाई क्षेत्रसँग सम्बन्धित ६ / ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो ।

ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।

नेपालका तर्फबाट पटक—पटक प्रयास भए पनि सुचीबाट हट्न सकेको छैन ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Related News