६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

१६ मंसिर २०७५, आईतवार १०:३९

मङ्सिर १६, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ । आज कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको स्टकले जनाएको छ । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्र शेयर उकालो लागेको छ । सो उपसमूह २.९६ अङ्कले बढेको छ । यस्तै बैँकिङ १५.५८, होटल ३३.२६, विकास बैंक ११.३३, जलविद्युत् १६, फाइनान्स ५.०७, निर्जीवन बीमा १३९.५१, उत्पादन २.७३, अन्य ७.७३, लघुवित्त २८.८५ र जीवन बीमा १०५.६७ अङ्कले घटेको छ । 

विजय लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी लिमिटेड, कालीका पावर कम्पनी लिमिटेड र रैराङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता