२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

२०७५, १६ मंसिर आईतवार १३:२१

मङ्सिर १६, खस्यौली (रासस) | सामूहिक लगानीमा सञ्चालन हुन लागेको सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु भएको छ । 

भिजन लुम्बिनीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शुरु हुने आयोजनाका अध्यक्ष जगत् पोखरेलले जानकारी दिनुभयो । करीब रु पाँच अर्ब लगानी गरिने २५ मेघावाट क्षमताको सो आयोजनामा भिजन लुम्बिनीमा आबद्ध एक हजार सदस्यले रु पाँच लाखदेखि रु एक करोडसम्म लगानी गरेका छन् । कास्कीको सर्दिखोला माछापुच्छ्रे गाउँपालिकाको सीमामा सो आयोजनास्थल रहनेछ । 

नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच गएको मङ्सिर ६ गते काठमाडौँमा विद्युत् खरीद सम्झौता (पिपिए) भएको थियो । आयोजनासँग वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा खरीद दर निर्धारण गरिएको छ । “हामीले विद्युत् खरिद सम्झौता गरिसकेका छौँ अब जलविद्युत् आयोजनाको भविष्य के हुने र त्यसबाट उत्पादन भएको विद्युत् कहाँ निर्यात गर्ने भन्ने विषय सरकारको हो”, भिजन लुम्बिनीका वित्त निर्देशक ज्ञानेन्द्र कसजुले भन्नुभयो । 

आयोजनाले गत साउन १७ गते पोखरामा सेती नदी जलविद्युत् आयोजना र माछापुछ्रे गाउँपालिका– २ का स्थानीयसँग आयोजना निर्माणका लागि विभिन्न सम्झौता पनि गरेको छ । भिजन लुम्बिनीले यसबाहेक स्वास्थ्य, शिक्षा, अर्थ तथा वित्त, पर्यटन विकास, अध्ययन अनुसन्धान तथा जनसम्पर्कलगायतका क्षेत्रमा पनि काम गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित