२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी सास फेर्ला मेरो मित्रले ?

२०७५, १८ मंसिर मंगलवार ०६:५५

संसार 

एक्लै जित्न खोज्छन् 

त्यसैले त, 

ताली बजाउन 

त्यस्तै त्यस्तै मित्र रोज्छन् । 


मौन बसें म, 

कस्तो लाग्यो मित्र ? भनेर 

अझ उल्टै झर्को लाग्ने गरी 

सोध्छन्।


आफूले जिते 

अरूको हारमा बुल्डोजर चलाउँछन् 

आफुले हारेको दिन 

अरुको खुसीमा आर्यघाटमा गएर 

ईर्ष्याको चितामा दागबत्ती दिन्छ्न् ।


हेर्दै छु म पनि 

उल्लु ले झैं उल्टो लट्किएर 

उस्को जितौरीमा ठोकेको तालीले 

मेरो हत्केलामा उठेको रातो डाम् 

अझै हराएको छैन । 


एउटै कुरोको 

डरको पहाडले थिचीरहन्छ मलाई 

मैले जितेको दिन उस्ले ताली होइन 

डाहाको अंकमाल गर्ने छन् 

किनकि ऊ कहिल्यै हार्न चहाँदैन ।


यही कुराको त मलाई 

औधी पिर लागि बस्छ अविरल 

उस्को जेठो छोराले हारेको दिन 

कसरी सास फेर्ला फोक्सोबाट 

मेरो मित्रले ?  

राजबाबु श्रेष्ठ 'सागर'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ