2026-09-19 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित युवा खेलाडी सन्दीप लामिछाने कलेज भर्ना भए

मंसिर १८, काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । लामिछाने बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा भर्ना भएका हुन् | उनले मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए ।

कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् । उनलाई चार वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने बताएका छन् । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ ।

सन्दीपले म्यानेजमेन्ट विषय लिएर प्लस टु पढे पनि उतीर्ण भएका थिएनन् । कलेजमा उनले एउटा भारतीय कलेजबाट प्लस टु पास गरेको सर्टिफिकेट पेश गरेका छन् । कलेजको नाम भने उनले खुलाउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई