२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेजबुल्लाहको सुरूङ नष्ट गर्ने अभियानमा अमेरिकाको सहयोग

१८ मंसिर २०७५, मंगलवार १५:४६

मङ्सिर १८, वासिङटन (रासस/एएफपी) | इरानको समर्थन प्राप्त लेबनानी सिया मुसलमानहरूको राजनीतिक तथा अर्धसैनिक संगठन, हेजबुल्लाह समूहको सुरूङ नष्ट गर्ने इजरायली सैनिकको अभियानमा अमेरिकाले पूर्ण सहयोग गर्ने वासिङ्टनले मङ्गलबार बताएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले भन्नुभयो, “अमेरिकी सरकार इजरायलको सार्वभौमसत्ताको सुरक्षा प्रयासमा पूर्णरूपमा इजरायलको पक्षमा उभिने छ ।” 

अमेरिकाले इरान र यस क्षेत्रमा रहेका उसका सहयोगीहरूलाई मध्यपूर्वलाई तनावमा नलान आग्रह गर्दै बोल्टनले अमेरिका इजरायलको पक्षमा जस्तोसुकै सहयोग गर्न तयार रहने बताउनुभयो । 

बोल्टनले थप्नुभयो, “अझ व्यापक रूपमा भन्दा हामीले इरान र यसका सहयोगीलाई मध्यपूर्वलाई उत्तेजित नवनाउन र इरान सिर्जित हिंसा रोक्न वासिङ्टन आग्रह गर्दछ । इरानी गतिविधिले इजरायली सुरक्षामा खतरा उत्पन्न गरेको र यो अमेरिकाका लागि कदापी स्वीकार्य हुनेछैन ।” 

वर्तमान् ट्रम्प प्रशासनले इरानद्वारा मध्यपूर्वमा सुरक्षा बढाएको निष्कर्षका साथ इरानसँग भएको आणविक सम्झौताबाट फिर्ता हुने र तेहरानलाई हिंसात्मक गतिविधि सञ्चालन गर्नबाट रोक्न भन्दै इरानविरुद्ध कठोर आर्थिक नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी नाकाबन्दीका कारण इरानी मुद्रा व्यापक रूपमा गिरावट आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य