२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेजबुल्लाहको सुरूङ नष्ट गर्ने अभियानमा अमेरिकाको सहयोग

२०७५, १८ मंसिर मंगलवार १५:४६

मङ्सिर १८, वासिङटन (रासस/एएफपी) | इरानको समर्थन प्राप्त लेबनानी सिया मुसलमानहरूको राजनीतिक तथा अर्धसैनिक संगठन, हेजबुल्लाह समूहको सुरूङ नष्ट गर्ने इजरायली सैनिकको अभियानमा अमेरिकाले पूर्ण सहयोग गर्ने वासिङ्टनले मङ्गलबार बताएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले भन्नुभयो, “अमेरिकी सरकार इजरायलको सार्वभौमसत्ताको सुरक्षा प्रयासमा पूर्णरूपमा इजरायलको पक्षमा उभिने छ ।” 

अमेरिकाले इरान र यस क्षेत्रमा रहेका उसका सहयोगीहरूलाई मध्यपूर्वलाई तनावमा नलान आग्रह गर्दै बोल्टनले अमेरिका इजरायलको पक्षमा जस्तोसुकै सहयोग गर्न तयार रहने बताउनुभयो । 

बोल्टनले थप्नुभयो, “अझ व्यापक रूपमा भन्दा हामीले इरान र यसका सहयोगीलाई मध्यपूर्वलाई उत्तेजित नवनाउन र इरान सिर्जित हिंसा रोक्न वासिङ्टन आग्रह गर्दछ । इरानी गतिविधिले इजरायली सुरक्षामा खतरा उत्पन्न गरेको र यो अमेरिकाका लागि कदापी स्वीकार्य हुनेछैन ।” 

वर्तमान् ट्रम्प प्रशासनले इरानद्वारा मध्यपूर्वमा सुरक्षा बढाएको निष्कर्षका साथ इरानसँग भएको आणविक सम्झौताबाट फिर्ता हुने र तेहरानलाई हिंसात्मक गतिविधि सञ्चालन गर्नबाट रोक्न भन्दै इरानविरुद्ध कठोर आर्थिक नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी नाकाबन्दीका कारण इरानी मुद्रा व्यापक रूपमा गिरावट आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय