मङ्सिर १९, काठमाडौँ | थुप्रै देशमा राष्ट्रिय सुरक्षा नीतिलाई संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज मानिन्छ ।

तर नेपालमा भने यो नीति दशकौंंसम्म बेवास्ताको सिकार बन्यो । अहिले भने सरकारले यो नीतिलाई समयानुकूल बनाउन पहल थालेको छ ।

राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनका लागि छलफल तीव्र पारिएको छ । संसोधन नीतिमा कूटनीति र रक्षाबीच समन्वय बढाउने पहल हुँदैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनको नेतृत्व गरिरहेका छन् । उनकै संयोजनमा परिमार्जनको काम भइरहेको छ ।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

संशोधन हुँदै संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज – राष्ट्रिय सुरक्षा नीति