पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १९, काठमाडौं | दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् ।

कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनामा रहेका छन् ।

डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ ।

यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ ।

यसअघि यी मुलुकहरुले कोरियाका लागि प्रत्येक पटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।

- आजको कारोवार दैनिकमा यो खबर छ ।