Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरण: पांच जना प्रहरीको हिरासतमा, अनुसन्धानको लागि जहाजमै ल्याइयो चार युवा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २१, काठमाडौं | बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।

प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।

घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो ।

समुहका एक सदस्यका रुपमा प्रदीप रावल मंगलबारदेखि नै वृत्त महाराजगन्जका थुनामा छन् । अहिलेसम्मको अनुसन्धानमा सामुहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको  देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ ।

अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ, एक प्रहरी अधिकारीले भने ।

- आजको नयाँ पत्रिकामा यो खबर छ ।