२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानिरीक्षक आफैँ सीआईबीमा, बयानमा रावलले चौधरीद्वयको नाम लिए

२०७५, २१ मंसिर शुक्रबार ०१:२५

मङ्सिर २१, काठमाडौँ | निर्मला हत्या प्रकरणमा संलग्न रहेको हुनसक्ने भन्दै काठमाडौँबाट पक्राउ परेका प्रदिप रावलले घटनामा आफ्नो संलग्नता रहेको संकेत दिएका छन् । 

रावललाई पक्राउ गरेपछि प्रहरीले प्रहरी महानिरीक्षक खनाललाई अनुसन्धान निचोडमा पुग्न लागेको जनाउ सीआईबीले दिएको थियो । त्यसैले उनले रावलसँग बयान लिएका थिए । बयानका क्रममा रावलले दुई जनाको नाम लिएका थिए । जसलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

बुधबार दिउँसो प्रहरी महानिरीक्षक खनाल करिब ३ घण्टासम्म गृहमन्त्रालयमा थिए । अपराह्न प्रहरी प्रधान कार्यालय पुगेका खनाल राति साढे नौ बजे सीआईबीको कार्यालयमा पुगेका थिए । 

खनालले आफैँ रावलको बयान लिए । सीआइबीको टोलीले लिएको बयानमा आफूसँगै अन्य दुई युवाको पनि नाम लिएपछि भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीलाई प्रहरीले समातेर काठमाडौं झिकाइसकेको थियो । 

को हुन् रावल ?

१७ वर्षीय रावल भीमदत्तनगर नगरपालिका–१८ भगतपुर निवासी हुन् । उनका बुबाआमा दुवैजना अहिले रोजगारीका लागि भारतमा छन् । उनको मावली पनि भारत नै हो । उनी ठूलोबुबासँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार निर्मलाको शव भेटिएको दिन रावल भारततर्फ गएका थिए । काठमाडौँ आएपछि उनी समातिएका हुन् । 

 - अन्नपूर्ण पोष्टमा खबर छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो