६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूर्ण स्वचालित अनलाइन प्रणाली आइतबारदेखि

२२ मंसिर २०७५, शनिबार ०९:३५

मङ्सिर २२, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ । 

गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो । बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए । सबै पक्षको गुनासो सम्बोधन हुने गरी आवश्यक तयारी गरिएको स्टकले जनाएको छ । स्टकका प्रवक्ता मुरहरि पराजुलीले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याउन स्टक, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता सहमत भएको बताउनुभयो । 

पूर्ण स्वचालित अनलाइन प्रणालीमा देखिएका समस्या समाधान भएको जानकारी दिँदै प्रवक्ता पराजुलीले धितोपत्र दलाल व्यवसायीले आवश्यक तयारी गरेको उल्लेख गर्नुभयो । प्रणाली सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारिएको छ । सबै लगानीकर्ताको हात हातमा पु¥याउने लक्ष्य राखिएको छ । धितोपत्र कारोवार सञ्चालन विनियमावली २०७५ का आधारमा सम्झौता गरी कारोवार हुनेछ । त्यसबाट शेयर खरीद बिक्रीको प्रक्रियामा रहेको जोखिम तथा अन्य कठिनाइ व्यवस्थापन गर्न सहज हुनेछ । 

प्रवक्ता पराजुलीका अनुसार सम्झौतापत्रमा दुवै पक्षले पालना गनुपर्ने ३९ बुँदे शर्त समावेश गरिएका छन् । सम्झौतापत्रमा ब्रोकरलाई प्रथम पक्ष र लगानीकर्तालाई दोस्रो पक्षका रुपमा लिइएको छ तर बैंक खाताबाट शेयर बिक्रीकर्ता वा खरीदकर्ताले भुक्तानी गर्ने रकमका सम्बन्धमा भने अझै तयारी पूरा भइसकेको छैन । त्यसका कारण कारोवार अनलाइन प्रणालीबाट भए पनि भुक्तानीका लागि भने अझै केही समय धितोपत्र दलाल व्यवसायी कहाँ नै जानुपर्नेछ । (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता